प्रधानन्यायाधीश विवाद

ओलीको प्रश्न -‘पाँचै जना न्यायाधीशले राजीनामा दिए हुँदैन?

नेपालभ्युज

ओलीको प्रश्न -‘पाँचै जना न्यायाधीशले राजीनामा दिए हुँदैन?
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार गठनको आदेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिए हुँदैन भनी प्रश्न गरेका छन्।

आज (मंगलबार) पालिका अधिवेशनको उद्घाटन गर्दै ओलीले सर्वोच्च अदालतको‍ परमादेशले यस्तो अवस्था आएको टिप्पणी गरे।

“परमादेश त एक जनाले होइन, पाँचै जनाले दिनुभएको थियो। एकजनाको राजीनामा के गर्नुहुन्छ श्रीमान्ज्यूहरू। पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?,” उनले भने।

विपक्षीले एमालेभित्र झैंझगडा चाहेका र विरोधीको चाहनाअनुसार पार्टी नचल्ने उनले बताए। भने, ‘तिनलाई (विरोधीलाई) चिसो पानी खन्याइदिन्छौं।” जनताको चाहना नै एमालेले बोकेर हिँड्ने गरेको उनले सुनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved