एजेन्सी। भारतमा हिउँमा फसेर १२ पदयात्रीको मृत्यु भएको छ। शनिबार हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्।
घाइते दुई जनाको उद्वार गरीमा बाँकी दुई अझैं वेपत्ता छन्। उद्वार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीब्र पारेको छ ।
हिमाञ्चल प्रदेशको आपतकालीन उद्वार केन्द्रका एक अधिकारीले दिएको जानकारी अनुसार बिहीबार हराएका पर्यटकहरूका बारेमा प्राप्त जानकारी अनुसार हिमाञ्चल प्रदेशबाट दुई शव र उत्तराखण्डबाट पाँच शव र दुई घाइतेलाई बाहिर निकालिएको छ भने अन्य दुई जना अझै बेपत्ता छन्।
यसैबीच, उत्तराखण्ड राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले त्यहाँको माथिल्लो भागमा बेपत्ता पारिएका अर्को समूहबाट पाँच जनाको शव निकालिएको अधिकारीले बताएका छन्। मृत्यु हुने सबै भारतीय नागरिक रहेको बताइएको छ ।
Facebook Comment
Comment