कोरोना अपडेट

११ जनाको मृत्यु, थपिए ७ सय बढी संक्रमित

नेपालभ्युज

काठमाडौं । नेपालमा शुक्रबार थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ७ हजार २ सय ५३ पीसीआर परीक्षणका क्रममा ५ सय ७४ जना र २ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा १ सय ३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २ हजार १ पुगेको छ।

त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार ३ सय ३७ संक्रमितको कोरोनाका कारण ज्यान गएको छ। त्यस्तै थप ९ सय ३२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८५ हजार ८ सय १३ जना निको भएका छन्।

हाल नेपालमा १० हजार ९ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र २ सय २३ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved