कोरोना अपडेट : २४ घण्टायता थपिनेभन्दा संक्रमणमुक्त हुने ९६ जना बढी

बिहीबारदेखि देशैभर भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

नेपालभ्युज

कोरोना अपडेट : २४ घण्टायता थपिनेभन्दा संक्रमणमुक्त हुने ९६ जना बढी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङअनुसार पछिल्लो एक दिनमा ७ सय ५८ जनाले कोरोना जितेका छन् भने १३ जनाको कोरोना कारण मृत्यु भएको छ।

सात हजार २२ जनाको आरटी पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी १४ सय ४ जनाको एन्टीजेन विधिबाट कोरोना जाँच गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले गर्ने नियमित प्रसे ब्रिफिङअनुसार हालसम्म ४३ लाख ४३ हजार पीसीआर र ६ लाखभन्दा बढी एन्टीजेन विधिबाट कोरोना परीक्षण भएका छन्।

हालसम्म कोरोना संक्रमित संख्या नौ लाख नाघेको छ भने ११ हजार ३ सय १८ जनाको निधन भइसकेको ब्रिफिङमार्फत जनाइएको छ।

मुगु र मुस्ताङमा शून्य संक्रमित

मन्त्रालयका अनुसार नेपालका मुगु र मुस्ताङ जिल्लामा अहिले कसैमा पनि संक्रमण देखिएको छैन। अर्थात् यी दुई जिल्लामा कोरोना संक्रमित संख्या शून्य छ।

१ देखि १९९ जनासम्म सक्रिय संक्रमित रहेका जिल्लाहरू ५६ वटा रहेका र २ सय देखि ४ सय ९९ जनासम्म संक्रमित रहेका जिल्ला १५ वटा रहेका पनि बताइएको छ। त्यसैगरी  कास्की र काठमाडौं उपत्यकाका तीन गरी चार वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

हालसम्मको संक्रमणदर १८ दशमलव ६ प्रतिशत रहेको र यो हालसम्म भएका सबै परीक्षणको आधारमा बनाइएको मन्त्रालयले उल्लेख गरेको छ।

हालसम्म १ करोड ५८ लाख ८८ हजार ७ सय १० मात्रा कोभिड खोप प्राप्त भएको पनि मन्त्रालयको तथ्यांक छ। जसमध्ये १ करोड ५० लाख ५८ हजार ९० डोज खोपको मात्रा लगाइसकिएको छ।

जसअनुसार ६४ लाख ८९ हजार ८ सय २८ जनाले पूर्ण रूपमा खोप पाएका पनि ब्रिफिङमा जनाइएको छ। १८ वर्षदेखि माथिका ४३ प्रतिशत नागरिकले खोपको कम्तीमा एक मात्रा पाएका पनि बताइएको छ। ३२ दशमलव ६ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छन्। मन्त्रालयका अनुसार भोलि (बिहीबार) देखि देशैभर भेरोसेलको दोस्रो मात्रा लगाइने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved