मोहन वैद्यलाई भेट्न नर्भिक पुगे गृहमन्त्री खाँण

मंगलबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन्।

नेपालभ्युज

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे गृहमन्त्री खाँण

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्।

मंगलबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन्।

वैद्यसँगको भेटका क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे।

वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको खाँणलाई जानकारी गराएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved