वर्षाले धनगढी डुबानमा, निमार्णाधीन पुलसँगै सडक बगायो

वर्षाले धनगढी डुबानमा, निमार्णाधीन पुलसँगै सडक बगायो
फाइल फोटो

कैलाली। आइतबारदेखिको लगातार वर्षाका कारण धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन्। मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, कृष्णनगर, मालिका टोल, उत्तरबेहडी, क्याम्पस रोड, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टीको बस्तीलगायतका क्षेत्र जलमग्न भई जनजीवन प्रभावित बनेको छ।

जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जनौं बढी घरमा पानी पसेको बताए।उनले भने, “विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ तर यकिन तथ्यांक आउन भने बाँकी छ।”

लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पनि क्षति पुर्‍याएको छ। बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै तटीय क्षेत्र पनि बगाएको छ।

धनगढी बजारलगायत आसपासका क्षेत्रका पसलमा पनि पानी पसेको छ। धनगढी-२ मालिका टोलका योगेश्वरी ओझाले बस्तीमा हिँडडुल गर्ने बाटो जलमग्न भई जावतजावतमा समस्या भएको बताए।

पानी निकास हुने ढलको व्यवस्थापन नभई सडक पिच हुने गरेका कारण पनि बस्ती डुबानमा पर्ने गरेकोले डुबानबाट सुरक्षित रहन पानी निकास हुने नाला, ढलको उचित व्यवस्थापन हुन जरुरी रहेको स्थानीयबासीको माग छ।

यहाँ बजार आसपासका बस्ती मात्रै नभई बजारका कतिपय मूल सडक पनि जलमग्न भएका छन्। यसरी मूल सडकमा पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ। मुख्य रूपमा पानी निकास हुने गरेका उपमहानगरपालिकाभित्रका प्राकृतिक खोलानाला अतिक्रमण भएपछि डुबान समस्या बर्सेनि दोहोरिने क्रम बढ्दै गएको छ। त्यसैगरी वर्षाले यहाँका धानबाली क्षति पुर्‍याएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved