सरकारले बजेटको आकार २ खर्बभन्दा बढीले घटायो (पूर्णपाठ)

नेपालभ्युज

सरकारले बजेटको आकार २ खर्बभन्दा बढीले घटायो (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा‍. प्रकाश शरण महतले चालु आर्थिक वर्षको बजेटको आकार घटेको बताएका छन् ।

चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै उनले चालु आवको बजेटको आकार संशोधन गरेर घटाइएको बताएका हुन् ।

अर्थमन्त्री महतका अनुसार बजेटको संशोधित अनुमान १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ छ । जुन, कुल विनियोजनको ८७.३७ प्रतिशत हो ।

गत जेठ १५ गते सरकारले चालु आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । तर, अर्थ वार्षिक समीक्षा सार्वजनिक गर्दै बजेटको आकार २ खर्ब हाराहारीमा घटाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved