महानवमीमा गरियो गाडी पूजा*

नेपालभ्युज

महानवमीमा गरियो गाडी पूजा*

काठमाडौं। महानवमीको अवसरमा कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरूलाई पूजा गरिएको छ।

वर्षभरि आफु र आफ्ना परिवारलाई जीवन यापनमा सहजता प्रदान गर्ने कलपूर्जा, हातहतियार र सवारी साधनलाई बडा दशैंको नवमीका दिन पूजा गर्ने पुरानो परम्परा हो।

यस दिन सरकारी र संस्थानका सवारी साधनहरुको सामूहिक पूजा गरिन्छ। त्यसै गरी आम सर्वसाधारणले पनि आ-आफ्नो घर अफिसमा सवारी साधनको पूजा अर्चना गर्ने प्रचलन छ। त्यस्तै कोतहरूमा हर्षबढाइँका साथै कोतपूजा र निशान पूजा पनि गर्ने प्रचलन रहेको छ।

(महानवमी हुनुपर्नेमा त्रुटिबस रामनवमी भएकोमा शीर्षक सच्चाइएको)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved