हमाललाई पार्टीमा पुर्‍याएको योगदानको कदर गर्दै मन्त्री बनाइएको हो : महिलामन्त्री रेग्मी

नेपालभ्युज

हमाललाई पार्टीमा पुर्‍याएको योगदानको कदर गर्दै मन्त्री बनाइएको हो : महिलामन्त्री रेग्मी

काठमाडौं। नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुरानो नेता भएकाले प्रधानमन्त्रीले मन्त्रीको जिम्मेवारी दिएको बताएकी छन्।

शनिबार रिपोटर्स क्लब नेपालमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले कसैको नाता पर्न जानु अस्वभाविक नभएको भन्दै पार्टीलाई पुर्‍याएको योगदानको कदर गर्दै हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको बताइन्।

यस्तै उनले वर्तमान सरकारमा महिलाको प्रतिनिधित्व उल्लेखनीयरूपमा हुनु सकारात्मक भएको उल्लेख गरिन्। उनले पार्टीको आगामी १४औँ महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने विश्वास व्यक्त गरिन्। उनले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको सुनिश्चितका लागि खोपको व्यवस्था गर्ने कार्यलाई आफूले प्राथमिकतामा राखेको बताइन्।

अहिले पनि देशका दूरदराजमा रहेका बालबालिका कुपोषणबाट ग्रसित रहेको उल्लेख गर्दै उनीहरूको जीवनरक्षा र पढ्न पाउनुपर्ने अधिकारको रक्षाका लागि पनि विशेष कार्यक्रम ल्याइने जानकारी उनले दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved