ललितपुरमा १८ वर्ष माथिका सबैलाई भेरोसेल खोप लगाइँदै

जिल्ला अन्तर्गतका खोप केन्द्रमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइन लागेकाे हाे।

नेपालभ्युज

ललितपुरमा १८ वर्ष माथिका सबैलाई भेरोसेल खोप लगाइँदै
फाइल तस्वीर

ललितपुर। ललितपुरमा आजदेखि जिल्लाभर कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइने भएको छ।

जिल्ला अन्तर्गतका खोप केन्द्रमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइन लागेकाे हाे।

जिल्ला खोप समन्वय समितिको निर्देशनअनुसार चाडपर्वको समयमा मानिसहरुको भीडभाड बढ्न सक्ने भएकोले यसलाई मध्यनजर गर्दै कोभिड १९ भाइरस नियन्त्रण गर्नका लागि १८ वर्ष माथिका सबै नागरिकहलाई २० असोजसम्म कोभिडविरुद्धको भेरोसेल खोप लगाउन लागिएको हो।

जनस्वास्थ्यको मापदण्ड पालना गरी पालिकाले निर्धारण गरेको पायक पर्ने खोप केन्द्रमा पुगेर खोप लगाउन समेत स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्तिमार्फत आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved