संसद्लाई जनमुखी बनाउन प्रतिबद्ध छु – सभामुख सापकोटा

नेपालभ्युज

संसद्लाई जनमुखी बनाउन प्रतिबद्ध छु – सभामुख सापकोटा

काठमाडौँ। सभामुख अग्नि सापकोटाले संघीय संसद्लाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । संघीय संसद सचिवालय कर्मचारी युनियनले सोमबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले संसद्को कार्यभार असामान्य र असाधारण रहेको भन्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

उनले आफ्नो सभामुखको पदलाई अन्याय हुन नदिने गरी कार्यसम्पादन गर्ने धारणा पनि राखे । सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने कामलाई अघि बढाउने जिकिर गरे ।

उनले मुलुकलाई अघि बढाउन एकताबद्ध हुनुपर्नेमा जोड दिए । २०७८ सालको विजयादशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा कर्मचारी युनियनले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved