सहमति कार्यान्वयन गर्न विप्लव समूहले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

सम्झौता भएको ६ महीना पुग्नै लाग्दासमेत सहमति कार्यान्वयन नभएको भन्दै विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो।

नेपालभ्युज

सहमति कार्यान्वयन गर्न विप्लव समूहले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
फाइल तस्वीर

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गराउनका लागि प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।

सम्झौता भएको ६ महीना पुग्नै लाग्दासमेत सहमति कार्यान्वयन नभएको भन्दै विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो। नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले देउवालाई पत्र बुझाएका हुन्।

२१ असोजमा केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको ६ महीना पुग्दैछ। देउवा नेतृत्वमा सरकार बनेलगत्तै आफूहले सहमतिका विषयमा ध्यानाकर्षण गराएको भन्दै पत्रमा लेखिएको छ, ‘सरकारसँग पटक पटक भेटवार्ता जारी नै छन्। सहमति कार्यन्वयन सम्बन्धी सरकार र पार्टीबीच भएको सकारात्मक छलफलले जनतामा उत्साह पैदा गरेको थियो। त्यसको पनि झण्डै तीन महिना वित्न थाल्यो। यसले थुप्रै प्रश्न र आशंका जन्माउन थालेको छ।’

अहिलेसम्म पनि बन्दी नेता कार्यकताहरु रिहा नहुनु र मुद्दा खारेज नहुनुले आफ्नो पार्टी, बन्दी नेता कार्यकर्ताहरु, उनीहरुका परिवारजन र नेपाली जनतामा आक्रोश र चिन्ता पैदा भएको पत्रमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved