संसद बैठक बस्दै, महालेखाको प्रतिवेदन पेश हुने

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेको विषयमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनेछन्।

नेपालभ्युज

संसद बैठक बस्दै, महालेखाको प्रतिवेदन पेश हुने
फाइल तस्वीर

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेको विषयमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनेछन्।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूचीसमेत रहेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका बीच सत्ता गठबन्धनले संसद चलाइरहेको छ। यसबीचमा सरकारले बजेटसँग सम्बन्धित विधेयकहरु पारित गरिसकेको छ।

संसद् बैठकअघि सदनमा जारी अवरोधको समाधानका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन्। उनले बालुवाटारमा बैठक डाकेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved