‘डोनाल्ड ट्रम्पका कारण तालिबानले अफगानिस्तान कब्जा गर्‍यो’

तालिबान समूहले सत्ता कब्जा गरेसँगै शक्ति राष्ट्र समेत आफ्ना नागरिकलाई सुरक्षित स्वदेश लैजान हतारिएका थिए। भने, हजारौँ अफगानीहरुले उद्धारका लागि आग्रह गरेका थिए।

नेपालभ्युज

‘डोनाल्ड ट्रम्पका कारण तालिबानले अफगानिस्तान कब्जा गर्‍यो’

एजेन्सी। अमेरिकी उच्च सैनिक अधिकारीले तालिबान समूहले अफगानिस्तानको सत्ता कब्जा गर्नुमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासन दोषी भएको आरोप लगाएका छन्। तालिबान र ट्रम्प प्रशासनबीच भएको सम्झौताको परिणामका रुपमा अफगानिस्तानको सत्ता कब्जा भएको उनीहरुको आरोप छ।

फेब्रुअरी २०२० मा तालिबान समूह र ट्रम्प प्रशासनबीच दोहा सहमति भएको थियो। उक्त सहमतिले अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिने मिति निश्चित गरको बताइन्छ।

अमेरिकी सैन्य जनरल फ्रेन्क म्याककेन्जीले भनेका छन्, ‘‘उक्त सहमतिले अफगान सरकार र सैनिकमा ‘अतुलनीय प्रभाव’ पारेको छ।

अमेरिकी सदनको हाउस अफ रिप्रिजेन्टिभ्सको आम्ड सर्भिस कमिटीमा बुधबार आफ्नो जवाफ दिँदै अमेरिकी सैन्य अधिकारीले उक्त कुरा बताएका हुन्। अफगानिस्तानको राजधानी काबुलको सत्ता कब्जा भएको हप्तौँपछि यो सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो।

यस्तै, अमेरिकाका रक्षामन्त्री लियोड अस्टिनले पनि उक्त सहमतिका कारण अफगानिस्तानमा तालिबान समूह थप ‘बलियो’ भएको बताएका छन्।

अमेरिकी सेनाले अफगानिस्तान छोड्ने मिति तोकिनुको अलवा उक्त सहमतिमा तालिबानले अलकायदा लगायत अन्य आतंककारी समूहको जिम्मा लिनुपर्ने उल्लेख थियो। सहमतिमा अमेरिका र उसका साझेदार मुलुकलाई ती आतंकवादी समूहको सुरक्षा चुनौती नहोस् भन्ने उल्लेख भएको बताइन्छ।

राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले अमेरिकी सेनाले अफगानिस्तान छाड्ने योजना बनाइराखेको बताइन्छ। यद्यपी, उक्त योजनाअनुसार मे महीनामा नभई ३१ अगष्टमा अमेरिकी सेनाले अफगानिस्तान छोड्ने तयारी रहेको बताइन्छ।

तालिबान समूहले सत्ता कब्जा गरेसँगै शक्ति राष्ट्र समेत आफ्ना नागरिकलाई सुरक्षित स्वदेश लैजान हतारिएका थिए। भने, हजारौँ अफगानीहरुले उद्धारका लागि आग्रह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved