कोभिडले मानिसको औसत आयु घट्यो – अक्सफोर्ड विश्वविद्यालय

२९ देशमा गरिएको सर्वेक्षणमा  २७ देशका मानिसको औसत आयु घटेको देखिएको छ।

नेपालभ्युज

कोभिडले मानिसको औसत आयु घट्यो – अक्सफोर्ड विश्वविद्यालय

एजेन्सी। अक्सफोर्ड विश्वविद्यालयले कोभिडका कारण मानिसको औसत आयु घटेको तथ्य सार्वजनिक गरेको छ।

अक्सफोर्डले सोमबार प्रकाशित गरेको एक रिपोर्टले कोभिडले सन् २०२० मा मानिसको औसत आयुदरमा गिरावट आएको देखिएको हो। रिपोर्टअनुसार यो दोस्रो विश्व युद्धयताकै कम हो ।

अमेरिका, यूरोप चिली लगायत २९ देशमा गरिएको सर्वेक्षणमा  २७ देशका मानिसको औसत आयु घटेको देखिएको छ। सबैभन्दा बढी अमेरिकामा पुरुषको आयु औसत २ वर्षले घटेकोमा २२ देशमा औसत आयुदर ६ महीनाले कमी आएको छ।

विश्वविद्यालयले आयुदरमा गिरावटको मुख्य कारणका रुपमा कोभिड–१९ ले निधन भएका व्यक्ति लिएको छ। हालसम्म विश्वभर करीब ५० लाख मानिसको कोभिड–१९ का कारण निधन भएको रोयटर्सको तथ्यांकले देखाएको छ।

‘‘हाम्रो अध्ययनले पत्ता लगाएको तथ्यले के देखाउँछ भने कोभिड–१९ प्रत्यक्ष रुपमा मानिसको औसत आयुदर घट्नुको प्रमुख कारण हो,’’ उक्त अध्ययन प्रतिवेदकी सहायक लेखक डा. ऋद्धि कश्यपले बताइन्। अध्ययन प्रतिवेदन महामारी रोग सम्बन्धी अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छ।

अध्ययन प्रतिवेदनले महिलाको तुलनामा धेरै देशहरुका पुरुषको औसत आयुमा कमी आएको देखाएको छ। अमेरिकी पुरुषको आयु २ वर्षभन्दा बढी घटेको देखिन्छ।

अमेरिकामा काम गर्ने उमेर समूहका मानिस र ६० वर्ष कमका मानिसको मृत्युदर बढी छ। यूरोपमा भने ६० वर्ष बढीका मानिसको मृत्युदर बढी रहेको देखिन्छ।

डा. कश्यपले कम र मध्यम आय भएका देशसहित सम्पूर्ण देशलाई मृत्युदरको तथ्यांक राख्न आग्रह गरेकी छन्। यसले अध्ययनमा सहयोग पुग्ने उनको विश्वास छ।
‘‘महामारीले विश्वभर पारेको प्रभावका विषयमा अध्ययन गर्न हामी सबैसँग हालसम्मको मृत्युदरको तथ्यांक प्रकाशित गर्न आग्रह गछौँ,’’ उनले भनेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved