आईसीसी विश्वकप क्रिकेट लिग-२

ओमानविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो

दुई खेलाडी परिवर्तन

नेपालभ्युज

ओमानविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर बलिङ रोजेको छ।

घरेलु टोली ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने आजको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। अघिल्लो खेलमा डेब्यू गरेका बलर गुलशन झा र अलराउण्डर कुशल मल्ल आजको टिममा परेनन्।

यी दुईको सट्टा अनुभवी ब्याटसम्यान शरद भेषवाकर र अलराउण्डर आरिफ शेषले टिममा ठाउँ बनाएका छन्।

जारी सिरिजमा नेपालले अमेरिकामाथि एक जित निकालेको छ भने एउटा खेल गुमाएको छ। पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो।

नेपाल ओमानसँग एकदिवसीय खेलमा अहिलेसम्म ३ पटक हारिसकेको छ। तर, नेपालले जित भने निकाल्न सकेको छैन।

डिभिजन २ को अंकतालिकामा १२ खेलबाट २० अंकसहित ओमान पहिलो तथा १५ बाट १४ अंकसहित अमेरिका दोस्रो स्थानमा रहेका छन्। सात खेलबाट ३ जितसहित ६ अंक रहेको नेपाल छैटौँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved