चैतसम्म मेलम्चीको पानी ल्याउने लक्ष्य

नेपालभ्युज

चैतसम्म मेलम्चीको पानी ल्याउने लक्ष्य

काठमाडौं। सरकारले बाढीले क्षतिग्रस्त मेलम्चीको खानेपानी परियोजनाका लागि सरकारले बजेट विनियोजन गरेको छ। नदी कटान र बाढी पहिरोका कारण भएको क्षतिको तत्काल पुनःनिर्माणका लागि अर्थमन्त्री जनार्दन शर्माले बजेट विनियोजन गरेका हुन्।

उनले चैतसम्ममा मेलम्चीको पानी काठमाडौंमा नियमित आपूर्ति हुने घोषणा गरे।

२०५८/५९ देखि शुरू भएको मेलम्ची परियोजना १९ वर्षपछि ३५ अर्ब रुपैयाँ लागतमा गत वर्ष काठमाडौं आइपुगेको थियो। अघिल्लो वर्ष चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट औपचारिक रुपमा पानी वितरणको शुभारम्भ गरेकी थिइन्।

तर गत असारमा आएको बाढीले सुरुङमा क्षति पुगेपछि त्यसयता खानेपानी आपूर्ति बन्द भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved