सभामुखविरुद्ध एमालेको नाराबाजी, संसद् स्थगित

नेपालभ्युज

सभामुखविरुद्ध एमालेको नाराबाजी, संसद् स्थगित
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले‍ आज पनि संसद् बैठक अवरुद्ध गरेको छ। सभामुख अग्नि सापकोटाले बैठक सुचारु भएको जानकारी गराएलगत्तै एमालले रोष्टम घेरेको थियो।

एमालले पार्टी छाडेर गएका माधव नेपाललगायत १४ जना सांसद्लाई कारबाही नगरेसम्म संसद् चल्न नदिने बताइरहेको छ। संसद्मा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ। बुधबारको बैठक पनि एमालको अवरोधपछि स्थगित भएको थियो।

संसद्मा विचाराधीन जनजीविकासँग जोडिएका र उठाउनुपर्ने अन्य मुद्दा हुँदाहुँदै त्यसमा ध्यानकेन्द्रति नभएको भन्दै सभामुख सापकोटाले त्यतातिर केन्द्रित हुन आग्रह गरिरहे। आफैंले बनाएको प्रतिनिधि सभा नियमावली मान्न सभामुखले सांसदहरूलाई अनुरोध गरिरहे पनि एमाले सांसदहरूले निरन्तर नाराबाजी गरेका हुन्।

एमालेका सांसदहरूले ‘पदीय मर्यादा कायम गर’, ‘पार्टी फुटाउन पाइँदैन’ भन्दै सभामुखविरुद्ध नाराबाजी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved