संसद्‍मा पेस हुने सबै अध्यादेशमा नेमकिपाले विरोध गर्ने

नेपालभ्युज

संसद्‍मा पेस हुने सबै अध्यादेशमा नेमकिपाले विरोध गर्ने

काठमाडौं। सरकारले बुधबार (आज) सदनमा पेस गर्न लागेका १५ वटा अध्यादेशमा नेपाल मजदुर किसान पार्टीले विरोध जनाउने भएको छ।

तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएका १४ वटा र शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद् अधिवेशन स्थगित गरी ल्याएको राजनीतिक दलसबन्धी अध्यादेशमा नेमकिपाले विरोध जनाउने भएको हो।

संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख भई प्रस्तुत भएको अध्यादेशमा नेमकिपाको तर्फबाट सांसद प्रेम सुवालले ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने जनाएका छन्।

संसद् सचिवालयका अनुसार आजै १५ वटा अध्यादेशलाई सम्भावित कार्यसूचीमा समावेश गरिएको छ। जुन आजदेखि शुरु हुने संघीय संसद्का दुवै सदनमा प्रस्तुत हुने देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved