सिन्धुपाल्चोकमा गृहमन्त्री खाँण, बाढी प्रभावित क्षेत्रको निरीक्षण

नेपालभ्युज

सिन्धुपाल्चोकमा गृहमन्त्री खाँण, बाढी प्रभावित क्षेत्रको निरीक्षण

सिन्धुपाल्चोक। गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। खाँड शनिबार नेपाली सेनाको हेलिकप्टरबाट बाढीपहिरो प्रभावित क्षेत्र आइपुगेका हुन्।

गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर-२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिराले ठूलो धनजनको क्षति भएको थियो।

निरीक्षणका क्रममा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालय लगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिएका छन्। निरीक्षणमा गएको टोलीले सो क्षेत्रमा बाढीपहिरोबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्थाको बारेमा जानकारी लिएको थियो।

गृहमन्त्रीसहितको निरीक्षण टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल तथा त्यसक्षेत्रका जनप्रतिनिधि रहेका छन्। टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत र हवाई अवलोकन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved