जनप्रतिनिधिलाई माधव नेपालले भने, ‘१० बुँदेको भ्रममा नपरौँ’

नेपालभ्युज

जनप्रतिनिधिलाई माधव नेपालले भने, ‘१० बुँदेको भ्रममा नपरौँ’
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकतालाई १० बुँदेको भ्रममा नपर्न आग्रह गरेका छन्।

एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले १० बुँदे सहमतिलाई ‘केपी ओलीको जसरी पनि टाङमुनी छिराएर हुर्मत लिने योजना’ भएको आरोप लगाउँदै भ्रममा नपर्न आग्रह गरेका हुन्।

अध्यक्ष नेपालले फागुन २८ गते एकतर्फी रुपमा गरिएको बैठक गलत ढङ्गबाट गरिएको भन्ने ओलीमा स्वीकारोक्ति नरहेकाले ओलीमा सुध्रिने कुनै लक्षण नरहेको पनि ठोकुवा गरे।

उनले आफ्नो पार्टी माओवादी केन्द्रसँग गएर बिलीन हुन्छ भन्ने भ्रम फैलाइएको भन्दै आफ्नो पार्टी विद्रोह गरेर जन्मिएकाले त्यसको भ्रममा नपर्न समेत आग्रह गरे। नेपालले जनताको बहुदलीय जनवादलाई नछाडेको भन्दै यसलाई आत्मसात गरेर नयाँ ढङ्गबाट अघि बढ्ने बताए।

संघीय संसद सचिवालयले नेकपा एमालेबाट फुटेर नयाँ दल बनेपछि दलका नेता नेपालको र राष्ट्रियसभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ।

संसद सचिवालयले संसदीय दलको कार्यालय उपलव्ध गराएपछि नेपाल सहितका सांसदहरु बिहीबार कार्यालय पुगेका थिए। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले भाद्र ९ गते मान्यता दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved