अफगानी महिलाले अमेरिकी विमानमै बच्चा जन्माइन्

नेपाल भ्युज

अफगानी महिलाले अमेरिकी विमानमै बच्चा जन्माइन्

एजेन्सी । अफगानिस्तानबाट अमेरिका जाँदै गरेको विमानमा एक अफगान महिलाले बच्चालाई जन्म दिएकी छन्।

आइतबार युएस एअर मोबिलिटी कमाण्डले ट्वीटरमा यसबारे जानकारी दिउको हो। उक्त सूचनामा भनिएको छ- ती महिला मध्यपूर्वबाट जर्मनीको यात्रामा थिइन्।

जब महिलाको अवस्था बिग्रन थाल्यो तब विमानका कमाण्डरले विमानमा हावाको चाप बढाउन उडान तल लगेका थिए। जसका कारण ती महिलालाई बच्चा जन्माउन सहज भएको थियो। जब विमान अवतरण भयो, अमेरिकी सेनाका डाक्टरहरु चढेर बच्चा जन्माउन मद्दत गरेका थिए। आमा र बच्चा दुवै खतरामुक्त छन् भने उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved