दोस्रो विश्वयुद्धमा इटालीको नदीमा खसेको ४५० किलोको बम भेटियो

नेपालभ्युज

दोस्रो विश्वयुद्धमा इटालीको नदीमा खसेको ४५० किलोको बम भेटियो

काठमाडौं। दोस्रो विश्वयुद्धमा नदीमा खसेको बम इटालीको पो नदीनजिक फेला परेको छ । जलवायु परिवर्तनले निम्त्याएको चरम खडेरीका कारण नदीको पानी सतहमा नै देखिन थालेपछि बम भेटिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

४५० किलोको बम पो नदीको किनारमा माछा मार्नेहरूले फेला पारेका थिए । इटालीको ७० वर्षमा सबैभन्दा खराब खडेरीमा ६५० किलोमिटर नदीको ठूलो भाग सुकेको छ ।

“पो नदीको किनारमा माछा मार्नेहरूले बम फेला पारेका थिए,” सेनाका अधिकारी कर्नेल मार्को नासीले रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सेनाका अधिकारीहरूले आइतबार एक नियन्त्रित विस्फोटमा बम विस्फोट गराएका छन् ।

बम डिस्पोजल विशेषज्ञले आइतबार सुरक्षित विस्फोटनका लागि नजिकका लगभग तीन हजार  बासिन्दालाई हटाएका थिए । त्यसबेला उक्त क्षेत्रमा र जलमार्ग पनि बन्द गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved