काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको चिन भ्रमणलाई नाटकबाजीको संज्ञा दिएका छन् । आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिएका हुन्।
प्रधामन्त्रीको चीन भ्रमणको क्रममा हङकङ, मकाउ लगायतका देशहरुमामा नेपालीहरुलाई पासपोर्ट बनाउने सम्बन्धमा समस्या हुने गरेको भन्दै सांसद शाहीले सो समस्या समाधान हुन नसकेको बताए ।
उनले भने, ‘अहिले पनि हङकङमा हजारौँ नेपालीहरु आजपनि अलपत्र परेका छन् हङकङ र मकाउमा नेपालीहरुले पासपोर्ट बनाउँदा ठुलो समस्या पैदा भएको छ । त्यसको समाधान भएको छैन त्यसकारण यसलाई उपलब्धि होइन कि नाटकबाजी भन्नुपर्छ ।’
उनले प्रधानमन्त्रीको विदेश भ्रमणबाट कुनै उपलब्धि हासिल हुन नसकेको बताए ।
Facebook Comment
Comment