बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार गर्ने पक्राउ

नेपालभ्युज

बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार गर्ने पक्राउ

भक्तपुर। १५ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका ३८ वर्षीय कृष्णबहादुर तामाङलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक बलात्कार गरेको आरोप छ । पछिल्लो पटक १२ जेठमा तामाङले बालिकालाई बलात्कार गरेका थिए ।

भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित न्यू भक्तपुर गेष्ट हाउसमा लगेर ललाई फकाई, डर, धाक धम्की देखाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved