पार्टीभित्र प्रत्यक्ष निर्वाचन हुन्छ, मनोनयन प्रणाली अन्त्य गर्छों : प्रचण्ड

नेपालभ्युज

पार्टीभित्र प्रत्यक्ष निर्वाचन हुन्छ, मनोनयन प्रणाली अन्त्य गर्छों : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले मनोनयन प्रणाली अन्त्य गर्ने बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डले अनेरास्ववियु क्रान्तिकारीको चौथो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै  पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताएका हुन् ।

प्रचण्डले भने, ‘मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।’ उनले नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नु पर्नेमा जोड दिंदै एकीकृत पार्टीको नेतृत्व माओवादीले गर्न सक्नुपर्ने बताए ।

‘हामी कमजोर छैनौं । पार्टी क्रमशः बलियो हुँदै गएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘एकताबद्ध हुँदा धेरै कुरा जित्न सकिन्छ, त्यसैले उच्च मनोबलका साथ जनतासँग एकाकार भएर काम गर्नु हाम्रो जिम्मेवारी हो ।’

उनले  माओवादी निर्णायक शक्ति भएर अगाडि बढिरहेको बताए ।  ‘कतिलाई लाग्छ– माओवादीले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँछ कि ! तर यथार्थ त्यस्तो हुँदैन, हेर्दै जानुहोला– माओवादी नै निर्णायक हुन्छ । हामी नै राजनीतिको केन्द्रमा रहन्छौं, उनले भने  ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved