गृहमन्त्री भन्छन्- ९ हजार बिघा जग्गा अतिक्रमण घटनामा ‘बिग अपरेसन’ सुरू भएको छ

नेपालभ्युज

गृहमन्त्री भन्छन्- ९ हजार बिघा जग्गा अतिक्रमण घटनामा ‘बिग अपरेसन’ सुरू भएको छ

काठमाडौं । बृहत्तर जनकपुर क्षेत्रको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको भन्दै गृहमन्त्रालयले छानबिन थालेको छ ।

गृह मन्त्रालयका १०० दिनको उपलब्धि सार्वजनिक गर्न शुक्रबार आयोजित प्रेस ब्रिफिङमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सोबारे जानकारी गराए ।

उनले जनकपुरमा जग्गा अतिक्रमणबारे गृह मन्त्रालयले ‘बिग अपरेसन’ सुरू गरेको जानकारी दिए ।

त्यसबारे विस्तृतरूपमा भने खुलाएनन् । अनुसन्धानमा भएका विषयहरूको गहनताका कारण सार्वजनिक गर्न नसकिने लामिछानेको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved