जसपा प्रवेश गर्दै माओवादी नेता शर्मा

नेपालभ्युज

जसपा प्रवेश गर्दै माओवादी नेता शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्दैछन् ।

आइतबार अपराह्न महोत्तरी जिल्ला समन्वय समिति हल जलेश्वरमा हुने विशेष कार्यक्रका बीच आफूले जसपा प्रवेश गर्न लागेको शर्माले जानकारी दिए ।

उनका अनुसार उनलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गर्नेछन् ।

माओवादी केन्द्रसँग असन्तुष्ट शर्माले एक महिनाअघि मात्रै पार्टी परित्याग गर्ने घोषणा गरेका थिए । यसपछि उनी आफ्नी धर्मपत्नी इन्दु शर्मासँगै जसपा प्रवेश गर्न लागेका हुन् । इन्दु पनि माओवादी केन्द्रको केन्द्रीय सदस्य नै हुन् । उनी यसअघि समानुपातिकमा सांसदसमेत बनेकी थिइन् ।

पहिल्यैदेखि पार्टी र नेतृत्वसँग खास चित्त नबुझाइरहेका शर्मा पछिल्लो निर्वाचनयता अझ रुष्ट थिए । उनलाई पार्टीले दिएको महोत्तरी ३ को टिकट खोसेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई सघाएको थियो ।  यसपछि पार्टी छाड्ने घोषणा गरेका उनी जसपा प्रवेश गर्न लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved