एमाले प्रतिनिधि परिषद्को बैठक आज सकिदै, बैठकले नेतृत्वलाई सुझाव दिने

नेपालभ्युज

एमाले प्रतिनिधि परिषद्को बैठक आज सकिदै, बैठकले नेतृत्वलाई सुझाव दिने
रासस

काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ ।

ललितपुरको गोदावरीमा हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा हिजो पेस भएका प्रतिवेदनउपर आज समूहगत छलफल हुने भएको छ ।

प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची छ । बैठकमा अध्यक्ष ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रतिवेदनले समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।

एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग समूहगत छलफलबाट सारभूत र रणनीतिक सुझाव मागेको छ । बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४ सय ५४ जना प्रतिनिधि सहभागी छन् ।

एमालेले भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने, मुलुकमा जबाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved