‘डिग्री माइला’को एक साताको व्यापार कति?

नेपालभ्युज

‘डिग्री माइला’को एक साताको व्यापार कति?

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला: एमए थर्ड क्लास’ले घरेलु बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ ।

निर्माण टिमका अनुसार फिल्मले एक सातामा ५ करोड ५ लाख ग्रस कलेक्सन गरेको छ ।

जसमा काठमाडौं उपत्यकामा २ करोड ५० लाख र उपत्यकाबाहिर २ करोड ५५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण टिमले जनाएको छ । फिल्मले ९८ लाखको ओपनिङ गरेको थियो ।

फिल्ममा दयाहाङ राई र आँचल शर्मा, माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ र प्रकाश घिमिरेको लगायतको अभिनय छ।

रामबाबुकै लेखन रहेको फिल्मको निर्माता विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved