सुप्रिम सहकारी प्रकरण : दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश, अध्यक्ष गुरुङ थुनामा

नेपालभ्युज

सुप्रिम सहकारी प्रकरण : दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश, अध्यक्ष गुरुङ थुनामा

काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

थुनछेक बहसपछि शुक्रबार जिल्ला अदालतका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् ।

साथै, सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन अदालतले आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।

र, अदालतले नवीन अछामीलाई १० लाख, दुर्गा चापागाईंलाई १८ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार, नीता थापामगरलाई २ लाख र रोशनी गुरुङलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

१ हजार ८ सय ३१ जना बचतकर्ताको करिब एक अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

बाँकी प्रतिवादीको नाममा म्याद जारी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved