सातदोबाटो–बालकुमारी सडक आजदेखि केही दिन रातको समयमा बन्द हुने

नेपालभ्युज

सातदोबाटो–बालकुमारी सडक आजदेखि केही दिन रातको समयमा बन्द हुने

काठमाडौं । काम सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड बिहीबारदेखि केही दिन रातको समयमा बन्द हुने भएको छ ।

ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि बन्द गरि लागिएको हो । बिहीबार ६ वैशाखदेखि ११ वैशाखमा सडक बन्द गरिने जनाइएकोे छ ।

दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ ।

ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो । दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो ।

तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved