अफलाइन ‘राइड सेयरिङ’ चढ्दै हुनुहुन्छ ? बाटैमा झर्नुपर्ला !

एक महिनामै करिब चार हजार चालकलाई कारबाही

अफलाइन राइड सेयर गर्दा राइडरहरुलाई २० प्रतिशतसम्म नाफा छ । यात्रुका लागि सहजै राइडर भेटिएकोभन्दा बाहेक खासै फाइदा पनि छैन । तर यसरी अफलाईनमा चढ्दा दुर्घटना भएमा बिमा हुनेछैन । यात्रुको कुनै सामान हराएमा वा दुर्व्यवहार भएमा कम्पनी जिम्मेवार हुने छैन ।

नेपालभ्युज

अफलाइन ‘राइड सेयरिङ’ चढ्दै हुनुहुन्छ ? बाटैमा झर्नुपर्ला !

काठमाडौं । निकै लोकप्रिय मानिएको राइड सेयरिङ सेवामा ‘अफलाइन’ सेवा मौलाएपछि चालकहरू धमाधम कारबाहीमा पर्न थालेका छन् ।

आकर्षक र सहज आम्दानी मानिएको राइड सेयरिङमा थोरै रकमको लोभमा अनलाइनभन्दा पनि अफलाइन सेवा दिने राईडरहरू बढ्न थालेपछि ट्राफिक प्रहरीले कारबाहीमा तीव्रता दिएको छ ।

चोक–चोकमा बाइक तेस्र्याएर बसेका राई डरहरू प्रशस्त भेटिन्छन् । इन्टरनेटमा सर्च गर्ने झन्झटबाट मुक्त पाउन तथा केही सस्तो पनि पर्ने हुँदा अफलाइनबाटै सेवा लिनेको सङ्ख्या बढ्न थालेको छ ।

बाटो र चोकमा भेटिएका जोसुकै मोटरसाइकल चालकको भर परेर राइड लिने संस्कृति मौलाउन थालेको छ । राइड सेवा दिएबापत प्रत्येक कारोबारमा एप कम्पनीले लिने कमिसन छल्न चालकहरू मुख्य चोकमा यात्रु कुरेर बस्छन् ।

अफलाइन राइड सेयर गर्दा राइडरहरुलाई २० प्रतिशतसम्म नाफा छ । यात्रुका लागि सहजै राइडर भेटिएकोभन्दा बाहेक खासै फाइदा पनि छैन । तर यसरी अफलाईनमा चढ्दा दुर्घटना भएमा बिमा हुनेछैन । यात्रुको कुनै सामान हराएमा वा दुर्व्यवहार भएमा कम्पनी जिम्मेवार हुने छैन ।

यस कारण काठमाडौं उपत्यकामा दैनिक सयभन्दा धेरै चालक कारबाहीमा पर्न थालेका छन् । चैतमा मात्र तीन हजार नौ सय ६२ जना कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ ।

जन्मिएसँगै बजारमा टुटलको एकाधिकार : पठाओले पार्‍यो थला, इन्ड्राइभ आएपछि सञ्चालक पक्राउ

फागुनमा एक हजार चार सय ७० जना कारबाहीमा परेका थिए । वैशाखमा पनि ट्राफिक प्रहरीले दैनिक सयभन्दा धेरैलाई कारबाही गरिरहेको छ ।

यस्तै दर्ता नभएका कम्पनीको एप्समार्फत यात्रु बोक्ने चालक पनि कारबाहीमा पर्न थालेका छन् । यातायात व्यवस्था विभागमा दर्ता नभएका राइड सेयरिङ कम्पनीमा आबद्ध भएर चलाउने, राइड सेयर चालकविरुद्ध कारबाही हुँदै आएको ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले बताए । उनले भने, ‘दर्ताविनै इनड्राइभ नामक राइड सेयरिङ एप नेपालमा सञ्चालित छ ।

सो कम्पनीमा आबद्ध भएर सवारी चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ । ’
पठाओ, टुटललगायत कम्पनी भने दर्ता भएर सञ्चालनमा छन् । तर, ती कम्पनीमा आबद्ध भएका चालकले अफलाइन चलाउने, सडकमा अवरुद्ध गरेर यात्रु कुर्ने तथा भाडामा ठगी गर्ने पनि कारबाहीमा पर्ने गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved