डलरको मूल्य हालसम्मकै उच्च, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

डलरको मूल्य हालसम्मकै उच्च, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च रहेको छ । मंगलबारको तुलनामा डलरको मूल्य १३ पैसाले बढेर रेकर्ड बनाएको हो ।

बुधबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ४५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved