मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु

नेपालभ्युज

मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु

आँबुखैरेनी । पृथ्वी राजमार्गको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनमा आएको छ । १७ सय ड्याम भनिने ठाउँमा अब पर्यटक लक्षित मोटरबोट चल्ने छ ।

मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा ल्याएको हो ।

पर्यटकीय राजधानी घोषित गन्डकी प्रदेशका अन्य स्थानमा पनि बिभिन्न पर्यटकीय गतिविधि सुरु गर्ने चुमानको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनीलाई गण्डकी प्रदेशको पोखरापछिकै पर्यटकीय केन्द्राका रुपमा विकसित गर्ने कामको थालनी भएको दाबी गरे ।

बोटेबोरा कम्पनीका अध्यक्ष विष्णुबहादुर ढकालले करिब एक करोड रुपैयाँको लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको बताए ।

कम्पनीका अनुसार २ सय ५० रुपैयाँमा ६ देखि ८ मिनेटसम्म, ५ सय रुपैयाँमा १० देखि १२ मिनेट र एकहजार रुपैयाँमा १५ देखि २० मिनेटसम्म मोटरबोट सयर गर्न सकिन्छ ।

कम्पनीले जलाशय किनारमा रेस्टुरेन्ट, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितका संरचना निर्माण गर्ने ढकालले बताए ।
बोटेबोराले यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट, सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको छ ।
कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved