एनआइसी एसियाको मुगु शाखा तोडफोड, सुरक्षा गार्डको जुत्ता र खुकुरी चोरी 

नेपालभ्युज

एनआइसी एसियाको मुगु शाखा तोडफोड, सुरक्षा गार्डको जुत्ता र खुकुरी चोरी 

सुर्खेत । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । गए राति ९ः२१ बजे एक जना व्यक्ति बैंकको मूल ढोका फोडेर भित्र गएको बैंकको सिसी क्यामरामा देखिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

उक्त व्यक्तिले बैकभित्र प्रवेश गरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको बताइएको छ । बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र उनको डिउटी राति ८ बजेसम्म मात्र भएकोले त्यही मौका छोपी अज्ञात व्यक्तिले बैंकको मूल ढोका फोरेको देखिन्छ ।

यसरी बैंक भित्र प्रवेश गर्ने व्यक्तिको मानसिक अवस्था ठिक नभएको जस्तो देखिने एक युवा भएको र उनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । ढोका फोर्ने र जुत्ता खुकुरी चोर्नेबाहेक अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved