डलर बलियो हुँदा यूरो र पाउण्डको मूल्य घट्यो 

नेपालभ्युज

डलर बलियो हुँदा यूरो र पाउण्डको मूल्य घट्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज नयाँ वर्षको पहिलो दिन यूरो र पाउण्डको मूल्य घटेको छ भने डलरको मूल्य बढेको छ ।

आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको छ । आज यूरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved