केपी ओली प्रमुख अतिथि भएपछि गगन थापा र प्रदीपले गरे कार्यक्रम बहिष्कार

अपमानजनक व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापा र सांसद प्रदीप पौडेल नआएका हुन् ।
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि थिए ।

नेपालभ्युज

केपी ओली प्रमुख अतिथि भएपछि गगन थापा र प्रदीपले गरे कार्यक्रम बहिष्कार

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले शनिबार आयोजना गरेको बुढानीलकण्ठ नगर अस्पताल उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली आएपछि गगन थापा र प्रदीप पौडेलले बहिस्कार गरेका छन् ।

अपमानजनक व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापा र सांसद प्रदीप पौडेल नआएका हुन् ।
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि थिए ।

बुढानीलकण्ठ नगरपालिकाले कपन बालुवा खानीमा नगर अस्पताल बनेको हो । उद्घाटन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

थापा र पौडेललाई अपमानजनक ढङ्गले कार्यक्रममा सहभागीका रूपमा पत्र पठाइएकाले सो क्षेत्रमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू र पार्टीले समेत बहिष्कार गरेको कांग्रेस बुढानीलकण्ठ नगर समितिका अध्यक्ष राजाराम बुढाथोकीले जानकारी दिए ।

नगर प्रमुख मिठाराम अधिकारीले पठाएको पत्रमा उनीहरूलाई सहभागी हुन भनिएको छ । थापा र पौडेलले प्रोटोकल ख्याल गरेर अतिथि बनाउन जोड गरेका थिए ।

आयोजकले भने कांग्रेसका तर्फबाट बहिष्कार भए पनि कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताएका छन् ।

आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ बुढानीलकण्ठ नगरपालिकामा २०७७ बैशाख १६ गतेको निर्णय अनुसार प्रतिष्ठागिरि कन्स्ट्रक्सन संग सोहि वर्षको सार ०७ गते सम्झौता भई काम सुरु भएको थियो ।

नगर परिषद्को निर्णय अनुसार कुल लागत ९,९३,६६,४२०् रुपैँया लाग्ने अस्पताल निर्माण योजनाको लागी स्वास्थ्य मन्त्रालयबाट ६ करोड विनियोजन भएको थियो भने बाँकि लागत नगरपालिका आफैले विनियोजन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved