भिजिट भिसा सहज भएपछि दैनिक विदेसिन्छन् १७ सय

विगतमा १७ बुँदे मापदण्डमा १२ कक्षासम्म अध्ययन गरेकोलगायतका प्रावधान थिए । सोही मापदण्डका आधारमा अध्यागमनका कर्मचारीले सेटिङ चलाएर ठगी गरेको खुलेपछि दुई महिनाअघि अध्यागमन अधिकृत नरवीर खड्कासहित नौ अधिकृतविरुद्ध मुद्दा चलाएको थियो ।  त्यसयता नियम खुकुलो बनाइएको हो ।

नेपालभ्युज

भिजिट भिसा सहज भएपछि दैनिक विदेसिन्छन् १७ सय

काठमाडौं । भिजिट भिसामा विदेश जानेको सङ्ख्या बढेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार औसतमा दैनिक एक हजार सात सय नागरिक विभिन्न देश उड्दै आएका छन् ।

अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहाल भिजिट भिसामा विदेश जानेको सङ्ख्या बढिरहेको बताउँछन् ।

अमेरिका, अस्ट्रेलियालगायत देशमा नेपाली डायस्परा बढेसँगै परिवारका सदस्य भेट्न जानेदेखि घुम्न तथा रोजगारी खोज्दैसमेत कतिपय विदेश जाने गरेका छन् ।

गत मार्चमा ५२ हजार दुई सय ३२ र फेब्रुअरीमा ५२ हजार नौ सय २१ जना भिजिट भिसामा विदेश गएका छन् ।

जनवरीमा ४६ हजार सात सय ४१, डिसेम्बरमा ५२ हजार चार सय ९५ र नोभेम्बरमा ४७ जार ६० जना गएका थिए । १० माघदेखि गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेलाई सरल बनाउँदै नयाँ ६ बुँदे कार्यविधि लागू गरेको थियो । त्यसयता खास गरी खाडी देश जाने बढेका छन् ।

नयाँ कार्यविधिअनुसार दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, पाँच सय अमेरिकी डलर तथा खाडीका युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियाका लागि भने स्वघोषणासमेत गर्नुपर्ने प्रावधान छ ।

विगतमा १७ बुँदे मापदण्डमा १२ कक्षासम्म अध्ययन गरेकोलगायतका प्रावधान थिए ।

सोही मापदण्डका आधारमा अध्यागमनका कर्मचारीले सेटिङ चलाएर ठगी गरेको खुलेपछि दुई महिनाअघि अध्यागमन अधिकृत नरवीर खड्कासहित नौ अधिकृतविरुद्ध मुद्दा चलाएको थियो । त्यसयता नियम खुकुलो बनाइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved