वर्षको अन्तिम दिन चौबिस सयले बढ्यो सुनको मूल्य, तोलामा १ लाख ३९ हजार

नेपालभ्युज

वर्षको अन्तिम दिन चौबिस सयले बढ्यो सुनको मूल्य, तोलामा १ लाख ३९ हजार

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले दिनहुँ कीर्तिमानी रच्दै आइरहेको छ । बिहीबार सामान्य घटेको सुनको मूल्य आज शुक्रबार भने तोलामा २ हजार ४ सय रुपैयाँले बढेको छ ।

शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved