राष्ट्रिय सभाको बैठक बस्दै, कार्यसूची यस्ता छन्

नेपालभ्युज

राष्ट्रिय सभाको बैठक बस्दै, कार्यसूची यस्ता छन्

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बोलाइएको छ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकबारे पनि छलफल गरिने कार्यसूची छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved