सर्वाधिक नाफा कमाउने बैंकको सूचीमा नबिल शीर्ष स्थानमा, आठ महिनाको नाफा ४ अर्ब ७२ करोड

नेपालभ्युज

सर्वाधिक नाफा कमाउने बैंकको सूचीमा नबिल शीर्ष स्थानमा, आठ महिनाको नाफा ४ अर्ब ७२ करोड

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकहरुको सूचीमा नबिल बै‌क शीर्ष स्थानमा कायम रहेको छ । निजी क्षेत्रकै एक बलियो बैंकका रूपमा स्थापित नबिलले आफूलाई अब्बल सावित गर्दै आएको छ ।

नबिल बैंकले हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये चालु आवको आठ महिनामा नाफा कमाउनेमा सबैलाई उछिनेको हो । नाफा कमाउनेमा नम्बर वानको सूचीमा रहेको बैंकले चालु आवको आठ महिनामा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत आवको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नबिलले ७ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएर सबै वाणिज्य बैंकहरुलाई उछिन्न सफल भएको थियो । भने, यस वर्षको आठ महिने तथ्यांकलाई नियाल्दा चालु आवमा सर्वाधिक नाफा कमाउने बैंकको सूचीमा आफ्नो ताज नबिलले जोगाइराख्ने पक्कापक्की भएको हो ।

चालु आवको आठ महिनामा ग्लोबल आइएमई, प्राइम र राष्ट्रिय वाणिज्य बैंकबीच भने प्रतिस्पर्धा देखिएको छ । गत माघसम्मको तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा कमाउनेको दोस्रो सूचीमा थियो ।

तर, फागुनसम्म आइपुग्दा भने दोस्रो पोजिशनमा ग्लोबल आइएमई प्रवेश गरेको छ । समीक्षा अवधिमा ग्लोबल आइएमई बैंकले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ ।

माघमा दोस्रो सूचीमा रहेको राष्ट्रिय वाणिज्य बैंक अहिले चौथो नम्बरमा पुगेको छ । राष्ट्रिय वाणिज्यले आठ महिनामा २ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ ।

तर, नाफामा प्राइम कमर्सियल बैंकले बिस्तारै पोजिशन बढाउँदै छ । आठ महिनामा प्राइमले २ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको छ । यसअघि अर्थात् माघसम्म प्राइम बैंक चौथो स्थानमा थियो । तर, अहिले तेस्रो पोजिशनमा आइपुगेको छ ।

पाँचौँ स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा एनआइसी एसिया बैंकले २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २९ करोड ३४ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख, हिमालयन बैंकले १ अर्ब ९४ करोड ८३ लाख, एनएमबिले १ अर्ब ९२ करोड ५२ लाख, लक्ष्मी सनराइजले १ अर्ब ८२ करोड ६ लाख, सिद्धार्थले १ अर्ब ६९ करोड ६५ लाख र सानिमा बैंकले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यता, प्रभु बैंकले १ अर्ब ५१ करोड ४५ लाख, कुमारीले १ अर्ब ४२ करोड ४६ लाख, नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख, सिटिजनले १ अर्ब २२ करोड ६५ लाख, माछापुच्छ्रेले १ अर्ब १६ करोड ४८ लाख र नेपाल एसबिआईले १ अर्ब ८० लाख रुपैयाँ नाफा कमाएका छन् ।

समग्रमा हेर्दा गत माघ मसान्तसम्मको तुलनामा वाणिज्य बैंकहरूको नाफा १९.२० प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरूले कुल ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

गत माघ मसान्तसम्मको तुलनामा ६ अर्ब १८ करोड ५० लाख रुपैयाँ बढी हो । चालु आवको सात महिनामा बैंकले कुल ३५ अर्ब ४९ करोड २० लाख रुपैयाँ नाफा कमाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved