गठबन्धनमा भागबन्डा पुर्‍याउन गण्डकीमा मन्त्रालय फुटाइयो

नेपालभ्युज

गठबन्धनमा भागबन्डा पुर्‍याउन गण्डकीमा मन्त्रालय फुटाइयो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सत्ता गठबन्धनका दलहरूबीच भागबन्डा पुर्‍याउन मन्त्रालय फुटाएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय फुटाउने निर्णय गरेको बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।

यससँगै प्रदेशमा मन्त्रालयको संख्या ७ बाट ९ पुगेको छ । थपिनेमा स्वास्थ्य र आन्तरिक मन्त्रालय छन् ।

गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ पुष २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर ७ वटा मन्त्रालय बनाएका थिए।

मुख्यमन्त्री अधिकारीले आफू नियुक्त भएकै दिन चुमान र मनाङेलाई बिनाविभागीय मन्त्री बनाएका छन् ।

सत्तारुढ दलहरुबीच मन्त्रालय भागबन्डा पुर्याउन मन्त्रालयको संख्या बढाइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved