बागमतीका मेयर थापाविरूद्ध भ्रष्टाचार मुद्दा, ५ करोडको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप

नेपालभ्युज

बागमतीका मेयर थापाविरूद्ध भ्रष्टाचार मुद्दा, ५ करोडको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

सार्वजनिक सेवा अवधि २०७४ साल असोज ६ गतेदेखि २०७९ माघ २९ गतेसम्ममा थापाले गैरकानूनी रुपमा ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

सम्पत्तिबाट बिगो जफत तथा असुल गर्न आयोगले माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved