निजी क्षेत्र नेतृत्व लिन तयार छ तर, वातावरणको खाँचो छ : अध्यक्ष ढकाल

नेपालभ्युज

निजी क्षेत्र नेतृत्व लिन तयार छ तर, वातावरणको खाँचो छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल(chandra prasad dhakal)ले निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार हुँदा पनि देशमा त्यसअनुरूपको वातावरण नभएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र सुधार्नका लागि निजी क्षेत्रले निरन्तर प्रयास गरिरहेको बताए । ‘हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ । त्यसैले हाम्रा रणनीतिहरू कुनै बाहिरी प्रभावभन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने मेरो धारणा हो ।’ अध्यक्ष ढकालले भने ।

उनले उद्योगहरूमा एक प्रकारको अघोषित लोडसेडिंग रहेको बताए । जसले उत्पादनलाई थप प्रभावित बनाएको उनको दाबी छ । साना उद्यमीको सहुलियतपूर्ण कर्जा रोकिनु, निर्माण व्यवसायीको भुक्तानी रोकिनु, न्यून पुँजीगत खर्च हुनु जस्ता कारणले उत्पादन घट्दै गएको उनको भनाई छ ।

उनी भन्छन्, ‘उद्यमीको मोहरलाई रुपैयाँ बनाउने अवसर दिऔँ । रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ । यसका लागि पनि सरकारले निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ ।’

अध्यक्ष ढकालले करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदानका लागि सरकारलाई सुझाव दिँदा पनि बेवास्ता गरेको भन्दै गुनासो व्यक्त गरेका छन् । यस विषयमा सरकार गम्भीर नहुँदा निजी क्षेत्र आजको अवस्थामा आइपुग्नु परेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved