रम पिएरै शाहरुख देवदास बनेका हुन्, गर्मीको धुपमा पनि मस्त पिए !

नेपालभ्युज

रम पिएरै शाहरुख देवदास बनेका हुन्, गर्मीको धुपमा पनि मस्त पिए !

काठमाडौं । टाइम म्यागजिनले सन् २००२ मा विश्वभरका शीर्ष १० फिल्मको सूचीमा राखेको शाहरुख खान अभिनित ‘देवदास’ कान्समा समेत छानिएको थियो ।

सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘देवदास’ एक मात्र भारतीय फिल्म हो जसलाई टाइम म्यागजिनले टप टेनको सूचीमा राखेको थियो । यही फिल्मबाट शाहरुखले पनि फिल्म फेयर अवार्ड पाएका थिए ।

आज यो फिल्मको चर्चा भन्दा पनि फिल्म मेकिङमा भएका रोचक तथ्य पेश गर्दैछौ । पियक्कड देवदासको भूमिकामा रहेका साहरुखले वियोगमा पिएका दृष्य जति कारुणिक र मार्मिक लाग्छन् त्यसका पछाडीका रहस्य पनि उतिकै चाखलाग्दा छन् ।

देवदासमा आफ्नो भूमिकाबारे शाहरुखले भनेका थिए, ‘देवदास त्यो यात्री हो जसलाई सबै कुरा चाहिन्छ र केही पनि चाहिंदैन । ऊ विजेता र हार्ने दुवै चीज हो । यो धेरै अनौठो छ ।’

यही अजिब पात्र शाहरुखले शानदार ढंगले निर्वाह गर्न अनेक प्रयोग पनि गरेका थिए । यो भूमिकाका लागि शाहरुखले सेटमा रमको पेग मात्ने गरि लगाएका थिए ।

अहिलेसम्म नबाहिरिएको यो तथ्यलाई धर्मदाशको रोल निर्वाह गरेका टिकू तलसानियाले खुलासा गरिदिएका हुन् ।

हालै एक टिभी सोमा अन्तर्वाताका क्रममा टिकूले भनेका छन् – ‘दिउँसो एकदमै गर्मी थियो । सिन लिने तयारी हुँदै थियो । यसो हेरेको कुनामा बसेर शाहरुख ठाडो घाँटी लगाएर धमाधम रम पिइरहेका थिए । एक सट होइन लगातार रमको धेरै सट पिएको देखेपछि मलाई अचम्म लाग्यो र छेउमा गएर सोधे–‘एक्टिङ्ग गर्न गारो होला यसरी किन पिएको’?

जवाफमा शाहरुखले भनेका थिए –‘ टिकू साब ! एक्टिङ्ग त गरिएला मातिएको जस्तो पनि अभिनय गरौँला तर आँखामा नशाको मादकता कसरी देखाउने ?

मात्नु भनेको लडखडाउनु र बरबराउनु मात्रै होइन आँखा पनि त मात्नु प-यो।’  शाहरुखको जवाफले टिकु नाजावफ भएका थिए ।

शाहरुखको प्रशंसा गर्दै टिकूले भनेका छन् – ‘वास्तवमा मदिरा आँखामा नछल्किएसम्म यसको मादकता अनुभूत पनि त गर्न सकिदैन । गर्मी महिना त्यो पनि मध्य दिउँसो मदिरा पिउन त के सोच्न पनि नसकिने अवस्थामा शाहरुखले सिनकै लागि मदिरा पिएर  वियोगमा छटपटिएको , मदिराले लठ्ठिएको देवदास बनेका थिए ।

देवदासको भूमिकाका लागि शाहरुख अगाडि सलमान खान, गोविन्दा, शैफ अली खान र मनोज बाजपेयीलाई समेत अफर गरिएको थियो । शाहरुख बिनाको देवदास कस्तो हुन्थ्यो होला ? अनौठो लाग्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved