लगातार ओरालो यात्रा गरिरहेको नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम ४ अर्बमाथि

नेपालभ्युज

लगातार ओरालो यात्रा गरिरहेको नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम ४ अर्बमाथि

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । गत साता अवधिभर ओरालो यात्रा तय गरेको नेप्सेमा यो साताको सुरुवाती कारोबार दिनमै दोहोरो अंकको सुधार देखिएको हो ।

आइतबार नेप्से परिसूचक २२ दशमलव ७५ अंकले बढेर २०२६ दशमलव ११ को विन्दुमा पुगेको छ । आज ३११ कम्पनीको ६४ हजार २ सय २१ पटकको कारोबारमा १ करोड १२ लाख १० हजार १ सय २ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब २५ करोड ६६ लाख ७५ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९७ अंकले बढेर ३५९ दशमलव ४० को विन्दुमा पुगेको छ । आइतबार अन्य कम्पनीहरूको समूहमा लगानीकर्ताहरू झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार म्युचुअल फन्डहरूको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved