एमालेले वाम एकताको आव्हान गर्ने संकेत, १० गते रहस्य खोल्ने उपमहासचिव रिमालको दाबी

नेपालभ्युज

एमालेले वाम एकताको आव्हान गर्ने संकेत, १० गते रहस्य खोल्ने उपमहासचिव रिमालको दाबी

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले वैशाख १० गते एमालेले नयाँ रहस्य खोल्ने दाबी गरेका छन् ।

पार्टीको मजदुर विशेष जिल्ला कमिटीको अधिवेशन उद्घाटनमा उपमहासचिव रिमालले गोदावरीमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गर्ने र त्यसको तेस्रो दिन विशेष रहस्य खोल्ने बताए ।

उनले भने, ‘महाधिवेशन प्रतिनिधि परिषद् बैठक लगत्तै तेस्रो दिन विशेष समारोह हुनेछ । यो समारोह रहस्यपूर्ण रहनेछ ।’

वैशाख १० गते अर्थात् २२ अप्रिलको दिन नेकपा स्थापनाको ७५ औं स्थापना दिवसका अवसरमा रहस्य खोल्न लागेको उनको भनाई छ ।

उनले रहस्य के हुनेछ भन्ने खुलाएनन् । तर, त्यसपछि सबैले आफूलाई कम्युनिष्टका रुपमा गर्व गर्ने अवस्था आउने रिमालले बताए ।

यसलाई एमालेका कार्यकर्ताले वाम पार्टीबीच पुन: एकताको आव्हान गर्न सक्ने सम्भावनाका रुपमा अर्थ लगाएका थिए ।

नेकपा एमालेको मजदुर विशेष जिल्ला कमिटीको आठौं अधिवेशनले तुलसी शिवाकोटीको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved