प्रधानमन्त्री प्रचण्ड चितवन जाँदै, उद्घाटन कार्यक्रममा दिनभरी व्यस्त

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड चितवन जाँदै, उद्घाटन कार्यक्रममा दिनभरी व्यस्त
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवन जाँदै छन् ।

भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न उनी चितवन जान लागेका हुन् । प्रचण्डले दिउँसो १ बजे भरतपुर अस्पतालको कार्यक्रमको उद्घाटन गर्ने कार्यतालिका छ ।

आजै उनले भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि उद्घाटन गर्ने छन् । कार्यक्रमको उद्घाटन दिउँसो ४ बजे हुनेछ ।

उद्घाटन कार्यक्रम र औपचारिक कार्यक्रममा समय खेर नफाल्ने बताएका प्रचण्ड २ दिनअघि मात्रै गोरखा पुगेका थिए ।

रिवन काट्नकै लागि प्रचण्ड आज चितवनका दुईवटा कार्यक्रममा जान लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved