कलेजको ५ तलाबाट हाम फाल्दा १९ वर्षिया युवतीको मृत्यु

नेपालभ्युज

कलेजको ५ तलाबाट हाम फाल्दा १९ वर्षिया युवतीको मृत्यु

काठमाडौं । दोलखाको चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फाल्दा १९ वर्षिया युवतीको मृत्यु भएको छ ।

कलजेको पाँच तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । अधिकारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

उनको उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पोखरा घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा अध्ययनरत थिइन् । उनी विदापछि पोखराबाट हिजो मात्रै कलेज फर्किएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले केही समय यता डिप्रेशनको औषधि लिइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved